stcnepal long ad
global ime bank long

मिस युनिभर्स नेपालले विश्वमञ्चमा राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश झल्काउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मिस युनिभर्स नेपालको विश्वव्यापी प्रतियोगितामा नेपालले आफ्नो प्रतिनिधित्व गर्दै राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना गर्ने भएको छ। बुधबार आयोजित एक समारोहकाबीच मिस युनिभर्स नेपालले राष्ट्रिय पोशाकसहितको प्रस्तुती दिएको हो।

उमंग क्रियसनले नेपालमा आयोजना गरेको एसियन पेन्टमिस युनिभर्स नेपाल २०२३ की विजेता जैन दिपिका ग्यरेटले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय पोशाक सहित आफ्नो प्रस्तुति मार्फत विश्व व्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने तयारी आयोजक संस्थाका डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए।

राष्ट्रिय पोशाकमार्फत विश्व शान्तिको कामना गर्दै विश्वव्यापी रूपमा युद्ध र शान्तिको सन्देश झल्काउने जमर्को गरिएको उनको भनाई छ।

तयारीका लागि मिस युनिभर्स नेपाल २०२३ की नेपााल बाट विजेता ग्यरेटको कोरियोग्राफीको जिम्मा प्रशान्त ताम्राकारले पाएका छन्। मिस युनिभर्स २०२३ को ग्रान्डफिनाले एल साल्वडोरमा आगामी नोबेम्बर १८ मा हुँदैछ।

IME Lifesidebar
kumari