stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चाडपर्वको मुखमा चर्को हवाइ भाडा तिर्न यात्रु बाध्य

काठमाडौँबाट धनगढी जाने हवाइ भाडा दिल्लीको भन्दा महँगो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँदेखि धनगढीसम्मको हवाइ भाडा प्रतियात्रु १७ हजार पुर्‍याएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाइसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर यो भन्दा कम रहेको यात्रुको गुनासो छ ।

निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा सात हजार नौ सयबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुहरुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रुहरुको गुनासो छ । चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा गर्न सकस भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दर अनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताउनुभयो ।

भाडादर  वृद्धिको  विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर९भ्याट० समेत जोडिएकाले पनि यसपाली भाडादरमा केही चाप परेको विमान संचालकहरुको भनाइ छ ।

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौँमा चारसय र धनगढीमा पाँच सय तोकिएको छ ।।

prabhu mahalaxmi
kumari