साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले ६९ रनले हरायो

आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डविरुद्ध ६९ रनको जित निकालेको छ ।
आइतबार भारतको नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत २८५ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ४०।३ ओभरमा सबै विकेट गुमाएर २१५ रनमात्र बनाउन सक्यो ।
इङ्ल्यान्डका ह्यारी ब्रुकले ६६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मलानले ३२, आदिल राशिदले २०, मार्क उडले १८ र रिसे टोप्लीले १५ रन जोडे ।
इङ्ल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका राशिद खान र मुजिब उर हरमानले समान तीन विकेट लिए । मोहम्मद नाबीले दुई विकेट लिदा फजलहुक फारुकी र नभिन उल हकले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अफगानिस्तानले ४९५ ओभरमा सबै विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको थियो ।
अफगानिस्तानका रहमनुल्लाह गुर्बजले ८० रन बनाएका थिए । इक्रम अलिखिलले ५८ रन थपे । इब्राहिम जद्रान र मुजिब उर रहमानले समान २८ रन जोड्दा राशिद खानले २३, अज्नतुल्लाह ओमरजाईले १९ र कप्तान हस्मतुल्लाह साहिदीले १४ रन बनाए ।
इङ्ल्यान्डका आदिल राशिदले तीन विकेट लिए । मार्क उडले दुई विकेट लिदा रिसे टेप्ली, लिएम लिभिङ्स्टोन र जोए रुटले समान एक विकेट लिए ।
प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो । जितसँगै तीन खेलबाट दुई अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको इङ्ल्यान्ड तालिकाको पाचौँ स्थानमा छ ।
२९ असोज २०८०, सोमवार ०४:३८ बजे प्रकाशित