stcnepal long ad
ime life insurance
national life
global ime bank long

साविक विजेता इङ्ल्यान्डलाई अफगानिस्तानले ६९ रनले हरायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डविरुद्ध ६९ रनको जित निकालेको छ ।

आइतबार भारतको नयाँ दिल्लीस्थित अरूण जेट्ली रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत २८५ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ४०।३ ओभरमा सबै विकेट गुमाएर २१५ रनमात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका ह्यारी ब्रुकले ६६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मलानले ३२, आदिल राशिदले २०, मार्क उडले १८ र रिसे टोप्लीले १५ रन जोडे ।

इङ्ल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका राशिद खान र मुजिब उर हरमानले समान तीन विकेट लिए । मोहम्मद नाबीले दुई विकेट लिदा फजलहुक फारुकी र नभिन उल हकले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अफगानिस्तानले ४९५ ओभरमा सबै विकेट गुमाएर २८४ रनको योगफल खडा गरेको थियो ।

अफगानिस्तानका रहमनुल्लाह गुर्बजले ८० रन बनाएका थिए । इक्रम अलिखिलले ५८ रन थपे । इब्राहिम जद्रान र मुजिब उर रहमानले समान २८ रन जोड्दा राशिद खानले २३, अज्नतुल्लाह ओमरजाईले १९ र कप्तान हस्मतुल्लाह साहिदीले १४ रन बनाए ।

इङ्ल्यान्डका आदिल राशिदले तीन विकेट लिए । मार्क उडले दुई विकेट लिदा रिसे टेप्ली, लिएम लिभिङ्स्टोन र जोए रुटले समान एक विकेट लिए ।

प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो । जितसँगै तीन खेलबाट दुई अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको इङ्ल्यान्ड तालिकाको पाचौँ स्थानमा छ ।

IME Lifesidebar
kumari