काठमाडौंका यी–स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने
काठमाडौं । काठमाडौंका बिभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६–११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले असोज २४ गतेबाट कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जनाएको छ ।