stcnepal long ad
global ime bank long

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैँ आयो’ योजना, मोबाइल मनि, डेबिटरक्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ।दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैकले जनाएको छ ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यास ब्याक प्राप्त गर्न सकिने छ । परम्परागत रूपमा दसैँमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न सो योजना ल्याइएको हो।

पहिलो अफर ुघुम्न जाउँलाुमा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः रु २५० र ५००को क्यासब्याक पाउन सकिनेछ।

यो अफर असोज १८गते देखि कात्तिक ९गतेसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ।

अर्को अफर ुशपिङ्ग गरौँलाुमा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु १००० सम्मको क्यास ब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।

यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एपबाट अर्डरगरी लक्ष्मी सन्राज बैंकको डेबिट– क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा रु२००सम्म क्यास ब्याक पाउन सकिनेछ।

IME Lifesidebar
kumari