sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

काठ बिक्री तथा आसोरपसारमा संलग्न रहेको अभियोगमा पक्राउ  

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

सुनसरी ।  काठ बिक्री तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-६ बस्ने ३७ वर्षीय अनिल सुब्बा र सोही ठाउँ बस्ने ४६ वर्षीय ध्रुब प्रसाद गुप्ता रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-१ नयाँ कोशी पुलस्थित सडकमा को.१ ख ६९७४ नम्बरको मिनी टिपर रोक्न खोज्दा चालक फरार भएपश्चात टिपर जाँच गर्दा सखुवा जातका ६७ दशमलव २८ क्यूबिक फिट काठप्रहरीले बरामद गरी उक्त टिपर नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त काठ बिक्री गर्ने सुब्बा तथा ओसारपसारमा संलग्न गुप्तालाई पक्राउ परेका गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हाल फरार रहेका टिपर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

gold
nawakantipur long