citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

स्यानिटाइजर तथा कस्मेटिक सामानहरुको कालोबजारी तथा ठगी अभियोगमा पक्राउ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामानहरु बनाई बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका-१४ कलंकी ठेगाना भएका ३३ वर्षीय प्रदिप उपाध्याय लुईटेल रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबुमा अवैध रुपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक मालसामानहरु तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुले बजारमा अत्याधिक माग भएका ह्यान्ड स्यानिटाईजर लगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री बितरण गर्न तयार पारी भण्डारण गरी राखेको अबस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले विभिन्न प्रख्यात ब्राण्डहरु डिफेन्स लुकअप, ब्रोदर ब्रुउक्स, रुबिया ह्यान्ड वास, बिई वन एडभान्स, जेमिनि ह्रान्ड वास, ग्रिलिसिरिनमेगेनटा, Qye ink Mycle लगायतका स्टिकरहरु आफैले छपाई गरी खाली बोतलहरुमा लेभलिङ तथा महंगो मुल्य समेत राखि दुरुस्त सक्कली ब्राण्ड जस्तै बनाई बजारमाअबैध रुपमा बिक्री बितरणगर्नेगरेकोखुल्न आएको छ ।

साथै उनीहरुले कोभिड-१९ जस्तो महामारीबाट बच्न प्रयोग गरिने स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिम लगायतका नक्कली कस्मेटिक सामानहरु समेत उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएकोछ ।

उनीहरुको साथबाट बिभिन्न साईजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार २ सय ९० लिटर, स्किमर्स लेखिएको तयारी स्यानिटाइजर ५ सय एमएलको८ बोतल, तयारी स्यानिटाइजर ५ लिटरको ग्यालेन २६ थान,  १ सय एमएलको प्लाष्टिकको बोतलमा राखेको तयारी स्यानिटाइजर  १ सय ९५ थान, रुबिया ह्यान्डवास लेखिएको १ सय ४०  एमएलको बोतल १ सय ७२ थान, बीई वन एडभान्स लेखिएको २ सय ५० एमएलको बोतल १३ थान रब्रान्ड नखुलेको सानो बोतल ३० थान समेत प्रहरीले बरामद गरेको छ ।

साथै गिलिसिरिन,डिफेन्स लुक अप, बिई वनजिमिनि समेत लेखिएका तयारी स्यानिटाइजरमा टास्ने स्टिकरहरु १ झोला, मसि भएको १ सय एमएलको  बोतल ८ थान,  ठण्डा अल्को सुपर लेखिएको १ लिटरको बोतल ५ थान, एलसिडि १ थान, सिपियु १ थान, रंगिन प्रिन्टर १ थान, सेतो रङको बट्टामा ५ सय एमएल लेखिएको बट्टा ३० थान, केसमरी गुलाब रस १ सय एमएल लेखिएको भरी बट्टा ८० थान, स्याम्पु ५ सय एमएल लेखिएको १८ थान, बिभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन ५ थान, ट्याग लगाउने मेसिन १ थान,  बिभिन्न छापहरु ६ थान,  ६ सय एमएल लेखिएको भरी बट्टा २३ थान, बिभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरु रहेको कार्टुन ४ थान, सिल्भर पत्ता ६ थान र तौल गर्ने डिजिटल मेसिन १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank