macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ । दशैंलाई लक्षित गरेर सार्वजनीक गरिएको अफर कात्तिकसम्म चल्ने भएको हो ।

निःशुल्क फ्लाइ, ट्राभल र राइडको अफर रहेको दशैं धमाका सेल सर्वसाधारणको माग अनुसार कात्तिकसम्म सारिएको हो । विन्टरका सबै लुगामा ग्राहकले अत्याधिक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दशैंको अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।

केटीएम सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजार रूपैयाँसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निःशुल्क टिकेट प्राप्त गर्न सकिने जनाएको छ ।

यस्तै, ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् ।

५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ ।

दशैं अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालको लोकप्रिय ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा नेपाली र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ ।

२१ असोज २०८०, आइतवार ०७:२४ बजे प्रकाशित

NTA long ad