macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कालोबजारी नियन्त्रण र भाडा छुट माग गर्दै नेविसंघले बुझायो उपत्यकाका तीनै प्रशासन कार्यालयमा ज्ञापन पत्र

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ ।  नेपाल विद्यार्थी संघ काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले उपत्यकाका सबै प्रशासन कार्यालयमा संयुक्त रुपमा ज्ञापन पत्र पेस गरेका छन् ।

कालोबजारी नियन्त्रण र भाडा छुट माग गर्दै नेविसंघले बुझायो उपत्यकाका तीनै प्रशासन कार्यालयमा ज्ञापन पत्र

विद्यार्थीहरुले दैनिक रूपमा प्रयोग गर्दै आइरहेका सार्वजनिक सवारी साधनमा विभिन्न समस्या भोग्दै गर्दा पनि नियमानुसार छुट कार्यान्वयन गराउन, विमान यात्रा गर्दा ६०५ छुट दिनुपर्ने मागसहित चाडपर्वलक्षित माग राख्दै नेपाल विद्यार्थी संघले नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।

चाडपर्वको समय नजिकिँदै गर्दा उपत्यकामा रहेका र देशभरका तमाम विद्यार्थीहरूको यात्रा सुलभ, सुरक्षित र सहज बनाउनुपर्ने, यात्रा गर्ने दौरानमा ट्राफिक व्यवस्थापन गर्न, सडक बत्तीको प्रयाप्त व्यवस्था गर्न, तीव्र गतिमा सडक मर्मत गर्न र विशेष रूपमा यात्रीहरूको सहजताको निम्ति पर्याप्त मात्रामा महिलामैत्री सार्वजनिक शौचालयको व्यवस्था गर्न समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

चाडपर्वको समयमा सुरक्षा चुनौतीहरू रहेको उल्लेख गर्दै नेविसंघले विशेष सुरक्षा नीति अख्तियार गर्न, कालो बजारी, कृत्रिम अभाव, मूल्यवृद्धि, आदिको कडा नियमन गर्न समेत उक्त ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

भाडा छुटलगायतका माग राखेका प्रबन्धमा सरकारले सम्बोधन नगरे आन्दोलनमा उत्रिने समेत जनाएको छ । साथै नेविसंघ उपत्यका तीनै जिल्ला अध्यक्षहरुले महानगरीय प्रहरी परिसर टेकुमा समेत संयुक्त रूपमा ध्यानाकर्षण गराएका छन् ।

१९ असोज २०८०, शुक्रवार २०:३९ बजे प्रकाशित

NTA long ad