आइपीओ निष्कासनको अनुमति माग्दै बेनी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले स्थानीय र सर्वसाधारणको लागि कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ बिक्री खुला गर्नेछ ।
१५ असोज २०८०, सोमवार १६:३५ बजे प्रकाशित