आज सुनको मूल्य, तोलामा कति पुग्यो ?
आर्थिक सञ्जाल
काठमाडौं । सुनको मूल्य आज पनि नेपाली बजारमा बढेको छ । आइतबार प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको सुन आज सोमबार १ सय रुपैयाँले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ८७ हजार ६५ रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपियाँले बढेको छ । आइतबार चाँदी प्रतितोला ९२५ रुपियाँमा कारोबार भएको थियो भने आज ९३० रुपियाँमा कारोबार भइरहेको छ ।

























