sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं  ।  सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । राष्ट्रिय बाणिज्य बैंकबाट सेवा निवृत्त अधिकारी कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सकिएपछि उक्त पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो ।

उपसमितिले तीन जनाको कविराज अधिकारी, अशोक पौडेल र लीलाराज ढकाललाई सिफारिस गरेको थियो । तीनजना मध्यबोट सञ्चालक समितिले अधिकारीलाई कोषको प्रमुखका रुपमा छानेको हो ।

gold
kumari bank
nawakantipur long