stcnepal long ad
ime life insurance
national life
global ime bank long

गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिए संक्रमितको संख्या ११३ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार बिहान गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् ।

गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा चार जनामा संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको छ ।

 

IME Lifesidebar
kumari