stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रलोभनबाट सावधान रहन प्रहरीको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनबाट प्राप्त हुने प्रलोभनबाट सावधान रहन अनुरोध गरेको छ।

फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम, टिकटक जस्ता विभिन्न सामाजिक सञ्जालका माध्यमबाट उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाइ नेपाली पैसा साट्ने, विदेश पठाउने बाहानामा ठगी गर्ने कार्य बढीरहेको जानकारी गराउँदै यस्ता झुटा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यमा सावधान रहन अपराध अनुसन्धान कार्यालयले सो अनुरोध गरेको हो।

यस्ता प्रकृतिको अपराधबाट बच्नका लागि व्यक्तिगत विवरण, बैंक विवरण, ओटीपी कोड, पीन कोड जस्ता सेक्युरिटी कोड कसैलाई पनि नदिन कार्यालयले अनुरोध गरेको छ।

IME Lifesidebar
kumari