stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंक लिमिटेडका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरु माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरुमा विशेष छुटको व्यवस्था गरेको छ।

ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद समग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरुमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन्।

बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकहरुले बिल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउने छन्।

ग्राहकहरुले छुट पाउने स्थान, प्रतिशत तथा सामग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइट मा गई हेर्न सक्नेछन्।

हाल यो योजना १६० भन्दा बढी व्यवसायिक संस्थाहरुमा लागू भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि २०० वटा थप व्यवसायीमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

IME Lifesidebar
kumari