citizens life insurance long ad
stcnepal long ad

नियमित काममा फर्किए विमानस्थल भन्सारका कर्मचारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले आन्दोलन रोकेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरू आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।

नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रूपमा दुःख दिएको भन्दै उनीहरूले आइतबार साङ्केतिक विरोध स्वरूप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गरेका थिए ।

भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रूपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरू आन्दोलन रोकेर काममा फर्किएका छन् ।

विनाप्रमाण केही कर्मचारीहरू पक्राउ गरेको भन्दै उनीहरूले २७ भदौभित्र मागहरू सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरूसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका थिए ।

तर, प्रहरीले हिजो २७ भदौमा नै प्रहरीले अनुसन्धान सकेको सीआईबीले थप ३०२।०६ अर्थात् कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।

IME Life
kumari