stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप, पौडेल भन्सारका कर्मचारी भएको खुल्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सिआइबीलाई पाँच दिनको म्याद दिएको छ ।

बुधबार अदालतमा पेश गरिएका आरोपीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताउनुभयो । उहाँका अनुसार दुई छुट्टाछुट्टै सुन तस्करी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले ६१ किलो सुन तस्करी प्रकरणमा गणेश पौडेल र किशोर बस्नेतलाई पक्राउ गरेको थियो । ६१ किलो सुन तस्करी प्रकरणमा उनीहरूसहित अहिलेसम्म २५ जना पक्राउ परेका छन् । उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।

यस्तै विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राहुल महरामाथि पनि पाँच दिन म्याद थप गरी अनुसन्धानको समय लिइएको सिआइबीले जनाएको छ ।

राहुलले भने आफैँ सिआइबीमा गएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् । भेपमा लुकाएर नौ किलो सुन तस्करी भएको प्रहरीले जनाएको छ । गत वर्ष उक्त घटना भएको थियो ।

पौडेल भन्सारका कर्मचारी, बस्नेत दावाका सहयोगी

यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ । प्रवक्ता कडायतले उनी भन्सारका अधिकृत भएको खुलेको बताउनुभयो ।

यस्तै अर्का किशोर बस्नेत भने यसअघि पक्राउ परेका दावा छिरिङका सहयोगीका रूपमा काम गरेको पाइएको छ । पौडेलले भन्सारमा बसेर तस्करलाई सहयोग गरेको तथ्य खुलेको पनि प्रहरीले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari