stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

दैलेखका १०५ जनामा कोरोना संक्रमण पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

दैलेख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्ति मार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् यस्तै मुगुका १ जना रहेका छन् ।

संक्रमितहरु १०१ जना पुरुष र ५ जना महिला रहेका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । कर्णाली प्रदेशमा अरु प्रदेशको तुलनामा ढिलागरी संक्रमण देखिएपनि भारतबाट आएकाहरु प्रदेशमा भित्रिएसँगै संक्रमित पनि थपिँदै गएका हुन् ।

हालसम्म कर्णालीमा ३८४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै २१३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari