stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रूकुम घटना सत्ताका आडमा ढाकछोप गर्न खोजेको पौडेलको आरोप

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरूद्ध साँस्कृतिक आन्दोलन चलाउनुपर्ने बताएका छन् ।

हत्या हिंसाका घटनालाई सत्ताका आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्ने हो भने परिवर्तन दिशाहीन हुन पुग्ने पौडेलले उल्लेख गरे।

बिहीबार प्रेस विज्ञप्ति निकालेर पौडेलले रूकुम पश्चिममा हालै भएको घटना सत्ताका आडमा ढाकछोप गर्न खोजेको आरोप लगाएका छन्।

हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने, जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधिनै अघि सरेर आधा दर्जन बढी होनहार किशोरहरुलाई हत्या गरेर भेरीमा फाल्नेजस्ता जघन्य अपराध भइ नै रहने हो भने परिवर्तन दिशाहीन हुन पुग्छ,’ पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सबै अवसरवादी र प्रतिक्रियावादी व्यवहारविरुद्द सशक्त साँस्कृतिक आन्दोलन चलाऔँ । लोकतन्त्रका पहरेदार कर्मशील बनौं,’ उनले भनेका छन्।

prabhu mahalaxmi
kumari bank
kumari