prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक सेयरधनी डिप्रोक्स नेपाल (विकास आयोजना सेवा केन्द्र) को नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता ३०६ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको सीतापाइलामा रहेको संस्थाको कर्पोरेट कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

७ जेठ २०८०, आइतवार १५:१५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad