stcnepal long ad
himalayan Everest Insurance long ad

तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न माग

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ।

आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरुपमा भित्रने तोरीको तेलका कारण स्वदेशी उद्योगहरु बन्द हुन थालेको बताएको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुवोध गुप्ताले सरकारले स्वदेशी उद्योगहरु बन्द हुन नदिनको लागि १३ प्रतिशतको कर खरोज गर्नुपर्ने बताए।

उनले नेपालमा तोरीको तेल उत्पादन गर्दा १ प्रतिशत कच्चा पदार्थ र १३ प्रतिशत मूल्यअभिवृद्धि कर रहेको बताए।

उनले भारतमा तोरीको तेल उत्पादन भएकाले सीमानाकाबाट अवैधरुपमा तोरीको तेल आइरहेको बताए। सरकारले अवैधानिक रुपमा आयात भइरहेको तोरीको तेल तत्काल नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले नेपालमा तेल उद्योगलाई बचाउनको लागि सरकारले चोरी पैठारी नियन्त्रण गर्ने र १३ प्रतिशत कर खारेज गर्न आवश्यक रहेको बताए।

संघले भारतमा कृषि उत्पादनमा मल, बीउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकोले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको बताएको छ।

७ जेठ २०८०, आइतवार १५:१९ बजे प्रकाशित

NTA long ad