adbl long ad
nabil bank
stcnepal long ad
national life

चलचित्र ‘ह्यारीकी प्यारी’ मोफसल टूर

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र मोफसल टूरमा निस्किएको छ ।

पश्चिम नेपालको नेपालगंजदेखि अनौपचारिक रुपमा सुरु भएको टूर चितवनबाट औपचारिक रुपमा अगाडी बढ्नेछ । डा. कपिल रिजाल निर्देशित चलचित्रको टिम शनिबार बिहान पर्यटकीय नगरी चितवन पुगेको छ ।

चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका बिभिन्न माध्यमसँग जोडिनेछ । त्यहाँ चितवन महोत्सवमा दर्शक माझ पुग्ने र चितवनका मिडियासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

मोफसल टूरमा निर्देशक रिजालसंगै, जितु, साम्राज्ञी, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको साथ रहनेछ ।

साथै टूरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सहभागी हुनेछन । टूरमा यी कलाकारहरुको प्रस्तुति हेर्न पाइनेछ ।

माघ ७ गतेसम्मको सेड्युल तय गरिएको टूर चितवनपछि पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर टुंगिनेछ ।

यी शहरहरुमा निर्माण टिमले महोत्सवसँगै बिभिन्न क्याम्पस, मल र मिडियासँग अन्तरक्रिया गर्नेछ ।

विर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने सेड्युल तय गरिएको छ । माघ २० देखि अलनेपाल प्रदर्शनमा आउन लागेको चलचित्रमा जितु र साम्राज्ञी शिर्ष भूमिकामा छन् ।

चलचित्रमा सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ ।निर्देशक रिजालकै कथा रहेको यस चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल र शिखर सन्तोषको संगीत रहेको चलचित्रमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा डा। भोला रिजालको निर्माण छ । चलचित्रको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

३० पुस २०७९, शनिवार १३:२१ बजे प्रकाशित

Election
stcnepal long ad