ग्लोबल आइएमई लघुवित्तले १०७.३८% ले बढायो नाफा

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा १०७.३८% धेरै हो । गत वर्ष यस कम्पनीले ४ करोड ८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि उल्लेख्य सुधार देखिएको हो । गत वर्ष ९ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले अहिले बढाएर १७ करोड ७० लाख पुर्याएको छ । त्यसैगरी, सञ्चालन नाफा पनि ६ करोड ७ लाख रुपैयाँबाट बढेर १३ करोड ३० लाख ४३ हजार पुगेको छ ।
चैतसम्म १ अर्ब ३० करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३ अर्ब ८९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १७ करोड १० लाख रुपैयाँ छ । सको खराब कर्जा ०.४७% बाट बढेर १.७१% पुगेको छ । प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ४९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ८८ पैसा छ ।