stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकामा मृतकको संख्या ८० हजार नाघ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

गणेश थापा (आर्थिक सञ्जाल प्रतिनिधी )

क्यालिफोर्निया, ११ मे । संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । संक्रमितको संख्यामा समेत उलेख्य मात्रामा बृद्धि भएको छ ।

अफिसियल डाटाअपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण अमेरिकामा हालसम्म ८० हजार ५ यस बढीको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा करीव १३ लाख ६४ हजार मानिस संक्रमित भएका छन् । क्यालिफोर्नियाको स्थानीय समय अनुसार सोमबार विहान ४:१५ बजेसम्म प्राप्त अपडेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकाको न्युयोर्कमा सवैभन्दा बढीको ज्यान गएको छ ।

न्यूयोर्कमा ज्यान गुमाउनेको संख्या २७ हजार नजिक पुगेको छ । त्यहॉ संक्रमित हुनेको संख्या पुरै अमेरिकामै सवैभन्दा बढी ३ लाख ४६ हजार माथि रहेको छ ।

यता क्यालिफोर्नियामा पनि मृतको संख्या २७१८ नाघेको छ भने झण्डै ६८ हजार मानिसमा संक्रमण देखिएको छ । यसअघि दिनहुँ २ हजार माथिको हाराहारीमा मानिसहरूको मृत्युहुँदै आएको अमेरिकामा केहीदिनयता कोरोना संक्रमणका कारण ज्यान गुमाउने तथा नयॉ संक्रमित संख्यामा ह्रास आएको छ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण जनजिवन असामान्य बनिरहेको विश्वको सुपरपावर अमेरिकामा गएको २४ घण्टामा ८ सय ५८ जनाको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । यसैगरी अघिल्ला साताहरूमा दैनिकजसो ३० हजारमाथि नयॉ विरामीहरू थपिरहेकोमा अहिले यो संख्या समेत केही तल झरेको छ।

आज २४ घण्टाको अवधिमा यहॉ करीव २० हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले अमेरिकामा कोभिड-१९ को संक्रमणका २ लाख बढीको मृत्यु हुनसक्ने तथा यसबाट दसौं लाख मानिसमा संक्रमण फैलिन सक्ने चेतावनी दिदै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिएयता अमेरिकामा १५ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित हुने नेपालीको संख्या सयौं छ । अमेरिकाका ५० वटै राज्यमा फैलिएको कोरोनाबाट सवैभन्दा प्रभावित न्युयोर्कमा नेपालीहरूको बाक्लो बसोबास रहेको छ ।

कोरोनाको महामारीबाट त्यहॉ सवैभन्दा बढी नेपाली प्रभावित भएको बताइएको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा बढी रहेको छ । यहॉ संक्रमित संख्या १ हजार ५ सय बढी पुगेको विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिका यतिवेला भने कोभिड-१९ संगको आन्तरिक लडाइमा कडा संघर्षरत छ । कोरोना भाइरस नियन्त्रणका लागि लामो समय लाग्नसक्ने विज्ञहरूले बताउदै आएका छन् । यसैबीच ग्रिन कार्ड, डिभि लगायत केही इमिग्रेसन सम्बन्धीका कामकारवाहीहरू भने केही समयका लागि अस्थायी रूपमा सरकारले स्थगित गरिसकेको छ ।

कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गएको छ ।

IME Lifesidebar
kumari