stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालिका लघुवित्तको खुद नाफा घटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्तको खुद नाफा ७२.५८ प्रतिशतले घटेर १ करोड ३१ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र खुद नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, सञ्चान नाफा ६७.४८ प्रतिशतले घटेर ८४ लाख ३१ हजार रुपैयाँमा आएको छ । यता, खुद नाफा घटेसँगै यसको प्रतिसेयर आम्दानी पनि घटेको छ ।

अघिल्लो वर्ष ६९ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष १६ रुपैयाँ २१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा छ ।

prabhu mahalaxmi
kumari