मंसिर १८ गते नागरिक स्टक डिलरले वार्षिक साधारण सभा
काठमाडौं । मंसिर १८ गते नागरिक स्टक डिलरले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको नाफाबाट ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
बोनस सेयर बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि रहेको छ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने र सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ । सभा नागरिक लगानी कोष भवन, नयाँ वानेश्वर काठमाडौंमा अपराह्न ४ः३० बजे सुरु हुनेछ ।






















