citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

५५.८८ प्रतिशतले मानुषी लघुवित्तको नाफा बढ्यो

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मानुषी लघुवित्तको खुद नाफा ५५.८८ प्रतिशतले बढेर १ करोड ८६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

यस अवधिमा यसको खुद ब्याज आम्दानी १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ८ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

सञ्चालन नाफा ५६.८७ प्रतिशतले बढेर ३ करोड १२ लाख ८० हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३४ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा छ ।

himalayan life insurance
igi long