stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि लघुवित्तले डिजिटल एज नेपालसँग सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहक पहिचान सम्बन्धी सम्पूर्ण कार्यलाई एनएमबि लघुवित्त वित्तीय संस्थाले  डिजिटल एज नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरे ।

एनएमबि लघुवित्त वित्तीय संस्था एनएमबि बैंकको सहायक कम्पनी हो । कम्पनीले हाल ६८ जिल्लाका विभिन्न स्थानमा १४८ शाखा तथा उपशाखा सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा दिँदै आएको छ ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने डिजिटल एज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायत प्रोग्राम, एप्लिकेसन, सफ्टवेयर नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थामा प्रयोग भइरहेका छन् ।

prabhu mahalaxmi
kumari