citizens life insurance long ad

सशस्त्र प्रहरीका ४ एसएसपीको सरुवा र बढुवा भएका ११ को पदस्थापन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरेको छ ।

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवा हुने एसएसपीहरुमा मानव स्रोतमा रहेका विदुर खड्काको आर्थिक प्रशासन, विन्ध्याबासिनी बाहिनी रुपन्देहीमा रहेका दिपक अधिकारीको स्टाफ तथा कमाण्ड तालिम, गढिमाई बाहिनी जनकपुरमा रहेका बिनोदराज श्रेष्ठको मानव स्रोत विभाग र बराह बाहिनी मुख्यालय सुनसरीमा रहेका प्रकाश थापाको समेत मानव स्रोत विभागमा सरुवा भएको छ । खड्का बाहेक सबै कामू वरिष्ठ उपरीक्षक हुन् ।

यस्तै गत बुधबारमात्रै दर्ज्यानी चिन्ह लगाएका ११ कामू वरिष्ठ उपरीक्षकहरुको पदस्थापन भएको छ ।

सूची अनुसार प्रविण कँडेल पशुपतिनाथ बाहिनी, काठमाडौं, विष्णुप्रसाद भट्टको छिन्नमस्ता बाहिनी महोत्तरी, दिगविजय सुवेदीको विन्ध्याबासिनी बाहिनी रुपन्देही, विधाकुमार भट्टराईको बराह बाहिनी सुनसरी, भुपेन्द्र केसीको कार्य तथा सीमा सुरक्षा विभाग, कमलप्रसाद तिम्सिनाको महानिरीक्षकको सचिवालय, नीरकृष्ण अधिकारीको महेश्वरी बाहिनी सुर्खेत, सुधिरजंग थापाको सुरक्षा परिषद्को कार्यालय, किरण बस्नेतको मानव स्रोत विभाग, माधवप्रसाद पौडेलको गढिमाई बाहिनी मकवानपुर र दिपेन्द्र कुँवरको एपीएफ इन्टिलिजेन्स ब्यूरोमा सरुवा भएको छ । बढुवा भएका केही कामू एसपीहरुको बाहिनी मुख्यालयबाट बाहिनीमै पदस्थापन पाएका छन् ।

IME Lifesidebar
kumari