citizens life insurance long ad
stcnepal long ad

नेरुडे लघुवित्तले बोलायो वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको सञ्चालक समितिको गत शनिबार बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १० गते आयोजना गर्ने निर्णय गरेको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल २२.६१८५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा २१.४८७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१३०९ प्रतिशत नगद लाभांश रहेका छन्। संस्थाको हालको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँ रहेको छ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ मंसिर २३ गते मंसिर २४ गते शुक्रबार र मंसिर २५ गते शनिबार सम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्त लाभांश पाउन र सभामा भाग लिन योग्य हुने भएका छन्।

IME Life
kumari