citizens life insurance long ad
stcnepal long ad

सुनको भाउ आज रु. १६०० ले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज मंसिर ७ गते मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँ गिरावट आएको छ। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ८०० रुपैयाँमा झरेको छ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

IME Life
kumari