मेगा बैंकको वार्षिक साधारणसभा मंसिर २८ गते

काठमाडौं । मेगा बैंक नेपाल लि.ले आफ्नो ११ औं वार्षिक साधारणसभा मंसिर २८ गते बोलाएको छ । बैंक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले वार्षिक साधारण सभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ः१५ बजेबाट सुरु हुने जनाइएको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल १२.०७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश करसहित रहेको छ।
बोनस सेयर जारीपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्ने जनाएको छ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभा छलफल भई पारित हुनेछन्। लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।