citizens life insurance long ad
stcnepal long ad

इन्फिनिटी लघुवित्तको नाफा ११७.८४ प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा संस्थाले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११७.८४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा १६८.०३ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २ करोड ३ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा बढेर ५ करोड ४४ लाख रुपैयाँ भएको छ।

संस्थाको खुद ब्याज आम्दानी १६०.१६ प्रतिशतले बढेर ८ करोड ५९ लाख रुपैयाँ भएको छ। गत वर्ष यस्तो आम्दानी ३ करोड ३० लाख रुपैयाँ रहेको थियो। प्रथम त्रैमासमा संस्थाले २ अर्ब ८४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २० रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

चुक्ता पुँजी ३२ करोड ४६ रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १८०.३९ प्रतिशतले बढेर २७ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भमा ९ करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५८.५३ रुपैयाँ रहेको छ। पीई रेसियो ३१.०१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८३.४८ रुपैयाँ रहेको जनाएको छ।

IME Life
kumari