citizens life insurance long ad
stcnepal long ad

डिप्रोक्स र नाडेप लघुवित्त एक आपसमा गाभिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने भएका छन् । नाडेप लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

समीक्षा अवधिमा नाडेप लघुवित्त संस्थाले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७९.३७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा पनि ७९.७७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा ६ करोड ९४ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा घटेर १ करोड ४० लाख रुपैयाँमा सीमित बनेको जनाएको छ।

संस्थाको खुद ब्याज आम्दानी २४.९० प्रतिशतले घटेर १० करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी १३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा संस्थाले १ अर्ब ९९ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ५१ रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्ता पुँजी ४० करोड ४८ रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ३२.०८ प्रतिशतले बढेर ३७ करोड ९८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २८ करोड ७५ लाख रुपैयाँ रहेको थियो। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.२९ रुपैयाँ रहेको छ।

 

IME Life
kumari