citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १९५.२७ प्रतिशतले वृद्धि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १९५.२७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वोमीले ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष सोही अवधिमा १ करोड ६६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएपछि खुद नाफामा पनि आकर्षक वृद्धि भएको हो ।

यता, रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानी लगायत सूचकमा पनि विस्तार भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७७ पैसाले बढेर ४७ रुपैयाँ ७५ पैसा पुगेको छ ।

गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा मात्र थियो । हाल सूर्योदय लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण वोमीको सेयर कारोबार रोक्का रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank