citizens life insurance long ad
stcnepal long ad

नेपाल लाइफमा चौधरीले पाए कामु सिईओको जिम्मेवारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको राजिनामालाई सञ्चालक समितिले कात्तिक २१ गते देखि लागु हुने गरि स्वीकृत गरेको छ । सञ्चालक समितिको अनावश्यक हस्तक्षेप भएको आरोप लाउदै उनले तिहारअघि राजिनामा दिएका थिए।

सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गर्नुका साथै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

प्रसाई आफ्नो कार्यकाल ९ महिना पनि पुरा नभई बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

त्यस भन्दा अगाडि साउन एक गतेदेखि प्रसाईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका थिए । कायम मुकायमको रुपमा ८ महिना र पुर्ण सिइओको रुपमा ९ महिना सहित जम्मा १५ महिना प्रमुखको रुपमा जिम्मेवारी बहन गरेका छन् ।

चार्टर्ड एउकाउन्टेन्ट प्रसाई बीमा समितिको जागरि छाडेर ४ वर्ष ३ महिना अगाडी नेपाल लाइफ इन्स्योरेन्स प्रवेश गरेका थिए । छोटो समयमै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रसाईले सञ्चालकहरुको अनावश्यक हस्तक्षेप सहन नसकेपछि अन्ततस् राजिनामा दिएर बाहिरिएका हुन् ।

नेपाल लाइफमा विगत लामो समयदेखि सञ्चालकहरुको हस्तक्षेप रहदै आरोप उनले भित्रभित्रै लगाउदै आएका थिए । नेपाल लाइफ इन्स्योरेन्समा विवेक झा बाहेक अहिलेसम्म कुनै पनि सिइओले पुर्ण कार्यकाल काम गर्न पाएका छैनन् । झाले पनि आफ्नो दोस्रो कार्यकाल निकै सकसपुर्ण तरिकाले व्यतित गर्नु परेको चर्चा हुने गरेको छ ।

IME Life
kumari