महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकोे छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले असार मसान्तसम्मको सञ्चित मुनाफाबाट २६५ बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
यद्दपि, बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी निर्णय भने गरेको छैन । तसर्थ, बोनस सेयरको कर रकम लगानीकर्ता आफैंले जोहो गर्नु पर्नेछ ।
प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।