sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि लघुवित्तको खुद नाफामा सुधार, इपीएस घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि लघुवित्तको खुद नाफामा झिनो वृद्धि भएको छ । खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३.८८ प्रतिशत ले मात्र बढेर ३ करोड २४ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ४०.४९ प्रतिशतले बढेर ११ करोड १५ लाख ९ हजार रुपैयाँ पुगेको छ । यद्दपि, प्रोभिजनको रकम ६१२.८७ प्रतिशतले बढेपछि सञ्चालन नाफामा भने ४.०२ प्रतिशत मात्र सुधार भएको छ । असोज मसान्तसम्म सञ्चालन नाफा ५ करोड १३ लाख ६८ हजार रुपैयाँ छ ।

यता, एनएमबिको निक्षेप संकलन १०.६१ प्रतिशत र कर्जा लगानी २०.०६ प्रतिशतले बढेको छ । रिजर्भ कोषमा ३१.१० प्रतिशत ले सुधार गरी ३९ करोड ७५ लाख ६२ हजार रुपैयाँ जम्मा गरेको छ । चुक्ता पुँजी ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीले सोही पुँजीमा २१.५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । जसबाट आगामी दिनमा पुँजी थप बढ्ने देखिन्छ । यता, पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५० पैसाले घटेर २४ रुपैयाँ ५ पैसामा आएको छ ।

prabhu bank
nawakantipur long