कहिलेसम्म कायम सेयरधनीले पाउँछन् साधना लघुवित्त वित्तीय संस्थाको लाभांश ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ । सभामा २६.३२ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज हुने भएको छ ।
कात्तिक २ गते मंगलबारसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।
अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । प्रतिशत