stcnepal long ad
ime life insurance
national life
global ime bank long

गोर्खाज फाइनान्सको २६ औं वार्षिक साधारण सभा आज बस्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गोर्खाज फाइनान्सको २६ औं वार्षिक साधारण सभा आज असोज १८ गते बस्दैछ । उक्त साधारण सभा होटल क्राउन इम्पेरियल, सोल्टीमोड काठमाडौंमा भिडियो कन्फरेन्स मार्फत बिहान ११ बजे सुरु हुनेछ ।

यसले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७५/०७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ । सभा प्रयोजनका लागि गोर्खाजले असोज १० गतेबाट १८ गतेसम्म बुक क्लोज गरेको छ ।

यसर्थ, असोज ९ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । यसअघि कम्पनीले वैशाख २१ गते र भदौ २४ गते बोलाएको सभा स्थगित भएको थियो ।

IME Lifesidebar
kumari