citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साधना लघुवित्तको नाफा १९६.३४% ले वृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मजबुत बन्दै गएको छ । यस अवधिमा खुद नाफा लगायतको प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ ।

खुद नाफा १९६.३४% ले बढेर ११ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ९५ लाख १३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको छ ।

खुद ब्याज आम्दानी ७२.९०% र सञ्चालन नाफा ३३९.३५% ले बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग पुगेको हो । जगेडा कोष ५९४.३७% ले बढेर १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ५ करोड ६२ लाख ५७ हजार रुपैयाँ रहेको प्रोभिजनमा यो वर्ष ३ करोड ७४ लाख ११ हजार रुपैयाँ मात्रै छुट्याएको छ ।

खराब कर्जा भने १.२१% ले बढेर २.०२% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा ०।८१५ थियो । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ०६ पैसाले बढेर ४५ रुपैयाँ ५६ पैसा (वार्षिक) पुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५० पैसा थियो । प्रतिसेयर नेटवर्थ १५२ रुपैयाा २८ पैसा छ ।

himalayan life insurance
igi long