citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जसपा उपेन्द्र पक्षका मन्त्रीमा को को ?

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।  शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।

यादवले आफू उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइ सकेको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र अर्को ठूलो दल नेकपा (माओवादी केन्द्र) ले मन्त्रालय भागबण्डा टुंगिनसकेको बताए पनि जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल गरिरहेको छ । अहिले तयार गरिएको सूची ९५ प्रतिशत फाइनल जस्तै भैसकेको छ ।

अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् । राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट यादव समुह तिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका छन् ।

श्रेष्‍ठको नाम यसअघि जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा पनि अन्तिम समयमा काटिएको थियो ।

त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले आधिकारिकता पाउने बेलामा ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेको स्रोतको दावी छ।

राजकिशोर यादव र रामसहाय यादवमध्ये एक जनालाई मन्त्री बनाउने तयारी भैरहेको छ । रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर यादव अध्यक्ष महन्थ ठाकुरलाई छोडेर यादव पक्षमा आएकाले कसलाई बनाउने भन्नेमा अध्यक्ष यादव अप्ठेरोमा छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट बाँकेका इस्तियाक राई र कपिलवस्तुकि अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी अध्यक्ष यादवले गरेका छन् ।

जसपामा अध्यक्ष ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा लागेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् ।

क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश–१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । पार्टीको मुख्य पकड प्रदेश–२ रहेकाले त्यहाँबाट धेरै मन्त्री बन्नु स्वाभाविक भए पनि अन्य प्रदेशबाट पनि प्रतिनिधित्वका आधारमा मन्त्री बनाइने यादवले निकटस्थहरूलाई बताउने गरेका छन् ।

जसपाको गण्डकी प्रदेशमा डा.बाबुराम भट्टराई भन्दा अन्य संघीय सांसद छैनन् । त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि जसपाका संघीय सांसद छैनन् । कैलालीबाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कारागारमा छन् ।

सांसद र मन्त्री बन्ने लाइनमा रहेका प्रदीप यादव मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै मन्त्रीको नाम तय हुने छ । पहिला कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै व्यक्ति छनोट हुन्छ।

तर संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू निकटका संघीय सांसद् नभएकाले आफ्नी पत्नी हिसिला यमी र कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउन दबाब दिइरहेका छन् ।

नेता राययादवले आफूहरूले सरकारमा जाने तयारीमा रहेको छ । जसपा सरकारमा जाने तयारीमा छ । कसको नेतृत्वमा जाने र को(को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ,अहिलेसम्म नाम टुंगिसकेको छैन । अब छिट्टै टुंग्याएर प्रधानमन्त्रीलाई सिफारिस गर्ने छ।

पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । तीन नेताहरूबीच निरन्तर औपचारिक र अनौपचारिक बैठक भइरहेको छ।

डा. भट्टराईले सांसद नभएका नेतालाई मन्त्री बनाउन पर्ने दबाब दिए पनि प्रधानमन्त्री देउवाले सांसदलाई मात्र सिफारिस गर्न भनेकाले नेताहरू अफ्टेरोमा परेका छन् । संघीय परिषद् अध्यक्षज्यू सांसद नभएका नेतालाई पनि मन्त्रीमा सिफारिस गर्नु पर्ने छ । प्रधानमन्त्रीले सांसदलाई मात्र सिफारिस गर्ने भनेका छन्। यसले समस्या परिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिने तर केही मन्त्री थप्ने योजनामा प्रधानमन्त्री छन् ।

अमेरिकी सहयोग नियोग (एमसीसी) प्रतिनिधि सभामा पेस गरेर पारित गरेपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई उनको पार्टी नेपाली कांग्रेस र सत्तारूढ दलका अन्य नेताहरूले सुझाव दिएका छन् । तर यसले गठबन्धन दलमा फाटो आउने भएकाले सरकार गठनपछि एमसिसि बारेमा के गर्ने गठबन्धन मोर्चाले निर्णय गर्ने भएको छ।

himalayan life insurance
igi long