Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत

civilbank long ad

काठमाडौं । नेप्सेमा नेपाल एग्रो लघुवित्तको ८० हजार १४२.२६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

सोही बोनस अहिले सूचीकरण गरिएको हो । नेपाल एग्रोलाई इन्फिनिटी लघुवित्तले एक्वायर गर्दैछ । एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुवै कम्पनीको असार २१ गते सभा सम्पन्न भइसकेको छ ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई १ः०.९८ सेयर स्वाप अनुपातमा एक्वायर गर्न लागेको हो । यसर्थ, नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब इन्फिनिटीको नाममा ९८ कित्ता सेयर पाउनेछन् । एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।


६ साउन २०७८, बुधवार ०७:२० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad