stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आवेदन दिनेको संख्या १७ लाख नाघे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६३.८४ गुणा बढी हो ।

मनकामना स्मार्टले बिहीबार असार १७ गतेदेखि १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५५ ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ । यसआइपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ ।

यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।

himalayan life insurance
igi long