stcnepal long ad
global ime bank long

एकैसाथ सिभिल लघुवित्तद्धारा ७ नयाँ शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले एकैसाथ थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । लघुवित्तले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिभिल लघुवित्तले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने छ ।

वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई बिना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पुर्याउदै आइरहेको छ ।

IME Lifesidebar
kumari