आरएसडीसी लघुवित्तको नाफा २३.२८% ले बढ्यो
काठमाडौं । आरएसडीसी लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा बढेको छ । यसअवधिमा संस्थाको नाफा २३.२८% ले बढेर २ करोड ८१ लाख २७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले २ करोड २८ लाख १५ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी १.६७% ले बढेर ३ करोड ९१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ३ करोड ८५ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । असोज मसान्तसम्म आइपुग्दा संस्थाको सञ्चालन नाफा भने घटेको छ । अघिल्लो वर्ष ३ करोड ५६ लाख १३ हजार रुपैयाँ रहेको संस्थाको सञ्चालन नाफा यो वर्ष ३ करोड ३२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ ।
यता, संस्थाको खराब कर्जा ०.१६% ले बढे ०३५% पुगेको छ । असोज मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ १२ पैसा छ ।
यसअवधिमा संस्थाको चुक्ता पुँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १७ करोड ५३ लाख ७१ हजार रुपैयाँ छ ।























