citizens life insurance long ad
stcnepal long ad

बंगलादेशबाट जीटुजीमार्फत मल खरिद गर्ने सरकारको निर्णय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने भएको छ । बंगलादेशसँग पैँचो मल नपाएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निणर्य गरेको हो ।

बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले जानकारी दिए ।

यसअघि सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने जनाएको थियो । ‘जुन कम्पनीबाट जुन मल ल्याउने हो, त्यही नै फिर्ता गर्नुपर्छ भन्ने बंगलादेशको सर्तका कारण पैंचो ल्याउन सकिएन,’ भुसाललेभने, ‘अब सस्तो हुने गरी दरभाउमा कुराकानी गरेर सार्वजनिक खरिद ऐनका प्रक्रिया पूरा गर्दै जीटुजीबाट मल ल्याउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।’

मल मुख्यतः टेन्डर प्रक्रियाबाट खरिद हुन्छ । यसो गर्दा ६ महिनाभन्दा बढी लाग्छ । छिटो आयात गर्न जीटुजीमार्फत कतिपय खरिद हुने गरेका छन् । तर जीटुजीको खरिद प्रक्रिया नेपालमा विवादरहित हुने गरेको छैन । मन्त्री भुसालले मल खरिदमा विवादमा पर्न नदिने बताए ।

IME Life
kumari