आरएमडीसी लघुवित्तको २०% लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५% बोनस सेयर र ५% नै नगद गरी कुल २०% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ । गत वर्ष कम्पनीले १२.५% बोनस र १२.५%नगद गरी कुल २५% लाभांश वितरण गरेको थियो ।
























