नेप्सेमा १ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको १ लाख ६८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २०५ बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । नयाँ नेपाल सारथी लघुवित्तसँग मर्जरमा जाने तयारीमा छ ।
दुवै लघुवित्तको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा दुवै कम्पनी १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
सारथी लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेपछि हाल नयाँ नेपालको नेप्सेमा कारोबार रोक्का छ ।






















