stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

स्पर्स लघुवित्तले खुद नाफा बढाउन सफल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्पर्स लघुवित्तले लक डाउनका बीच पनि खुद नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुदा स्पर्सले २ करोड ८८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ८४.५७% ले बढी हो । अघिल्लो वर्ष यस संस्थाले १ करोड ५६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, गत तेस्रो त्रैमास (चैत मसान्त ) सम्म कम्पनीको नाफा करोड ७९ लाख ५७ हजार रुपैयाँमा सीमित थियो ।

स्पर्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको उल्लेख्य सुधारले खुद नाफा माथि लैजान सहयोग पुगेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुदा खुद ब्याज आम्दानी ७०.३७% ले बढेर ७ करोड ५२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, सञ्चालन नाफा पनि ७०.२१% ले बढेर ३ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २ करोड २८ लाख ६३ हजार रुपैयाँमात्रै सञ्चालन नाफा गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा स्पर्सको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ छ । यता, प्रतिसेयर आम्दानी पनि विस्तार भएको छ । अघिल्लो वर्ष १८।८२ रुपैयाँ रहेको प्रति सेयर आम्दानी असार मसान्तसम्म आइपुग्दा ३०.७४ रुपैयाँ (वार्षिक ) पुगेको छ । प्रतिसेयर नेटवर्थ १३९.२३ रुपैयाँ रहेको छ ।

kumari bank
kumari
nawakantipur long